बजाजले आफ्ना मोटरसाइकल किन्नु अगाडि नै १ लाख रुपैयाँ नगद जित्न सकिने ‘बजाज उल्टो अफर’ नामक योजना सार्वजनिक गरेको छ।
बजाज मोटरसाइकलको अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्षको अवसरमा ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ भन्ने नाराका साथ यो योजना ल्याएको हो।
कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकलाई मोटरसाइकल किन्नु अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ जसमार्फत उनीहरुले ‘सियोर सट डिस्काउन्ट ’ थाहा पाउन सक्नेछन्। साथै बजाजको मोटरसाइकल खरिद पछि पनि छुट पाउन सकिने छ।
उल्टो अफर योजना अन्तर्गत ग्राहकले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्ने कम्पनीले जनाएको छ।
साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्ने कम्पनीको भनाइ छ। ग्राहकलाई दोब्बर खुसी प्रदान गर्न बजाजले नयाँ वर्षमा यो योजना ल्याएको हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए।