जापानी मोटर कम्पनी टोयोटाको नेपालको लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले अफ्नो नयाँ ‘एसयुभि’ टोयोटा रसलाई सफलतापूर्वक मुक्तिनाथ सम्म पुर्याएको छ।
रस टू ह्विलर भएपनि नेपालकोे जस्तो सुकै उबड खावड सडकमा चलाउन सकिने प्रमाणित गर्न नेपालकै कठिन मध्येको सडकमा चलाएर देखाउन मुक्तिनाथ टुर गरिएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका सेल्स एण्ड मार्केटिङ म्यानेजर विवेकबहादुर बलामिले बताए।
‘टु ह्विल ड्राइभको रस, अफरोडमा जान सक्छ कि सक्दैन भन्ने हाम्रा ग्राहकको कौतुहलता थियो, त्यसकारण हामीले बोलेर मात्र होईन प्रमाणित गरेर देखाउन यो टुर गरेका हौँ,’ बलामिले सेतोपाटीसगँ भने।
मुस्ताङ पुग्दासम्म ८ सय ९५ किलोमिटर को दुरी तय गरेको रसले बेनी, कागबेनी, जोमसोम र दुम्बा ताल जस्तो अफरोडमा १ सय ८५ किलोमिटर र कागबेनि देखि मुक्तिनाथसम्म हिउँले ढाकेको सडकमा १२ किलोमिटर दुरी तय गरेको कम्पनीले जनाएको छ।
गत साउनमा सार्वजनिक भएको ‘रस’ करिव ७ महिनामै करिव १ सय ६० को हाराहारीमा विक्री भइसकेको कम्पनीको दावी छ। १४९६ सिसि फोर
सिलिन्डर पेट्रोल इन्जिनको रसले ६ हजार आरपिएममा १०४ पिएस पावर र ४ हजार २ सय आरपिएममा १३६ एनएम टर्क जेनेरेट गर्छ।
यसको फुल ट्याङ्क इन्धन ४५ लिटर छ भने अफरोडमा १० देखि १२ र साधारण सडकमा १४ देखि १६ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।
यसमा ७ वटा सिट रहेपनि आवस्यकता अनुसार सिट फोल्ड गरेर बुट स्पेस ठूलो बनाउने सुविधा छ भने सबै सिट उत्तिकै आरामदायी छन्। यसमा २२० एमएम ग्रउण्ड क्लेयरेन्स भएकोले रस नेपालको सडक सुहाउदो भएको कम्पनीले जनाएको छ।
सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, एविएस विथ इविडी, इमर्जेन्सी सिग्नल सिस्टम(इएसएस), हिल स्टार्ट असिस्ट कन्ट्रोल, रेयर भ्यू क्यामरा, पार्किङ सेन्सर लगाएतका फिचर्स समावेस गरिएको छ।
त्यसैगरी यसमा ७ इन्च टच स्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम , ८ वटा स्पिकर, पावर स्टेरिङ, पावर विन्टो, पुस स्टार्ट स्टप बटन, एयर कन्डिस्नर, एलइडि हेड ल्याम्य, रेयर वाइपर लगाएत अन्य धेरै फिचर्सले सुसज्जित छ।
ग्राहकलाई भेराइटी प्रदान गर्न कम्पनीले सेतो, रातो, मरुन, कालो र सिल्भर गरि ५ वटा आकर्षक रङ्गहरुमा उपलब्ध गराएको छ। कम्पनीले रसका विभिन्न भेरियन्टको मूल्य रस मिड एमटी ६६ लाख ९० हजार, रस हाई एमटी ७१ लाख ४० हजार, रस मिड एटी ६८ लाख ५० हजार र रस हाई एटी ७५ लाख ५० हजार निर्धारण गरेको छ। कम्पनीले यसलाई १ वर्ष वा २० हजार किलोमिटरसम्म वारेन्टी प्रदान गर्नेछ।