नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।
‘ह्याप्पी न्यु यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सुक्का जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनेछन्।जसमा एक लाख रुपैयाँ सम्म नगद छुट पाउन सकिने कम्पनीको भनाइ छ।
नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र गरिनेछ जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्नेछन्।
कम्पनीका अनुसार यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन्। यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ। यसले यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।