सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले नयाँ वर्ष लक्षित अफर ल्याएको छ।
जसअन्तर्गत सुजुकीको कुनै पनि बाईक वा स्कुटर किन्दा ‘स्योरसट’ १० हजार नगद लाभ दिइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार त्योबाहेक हरेक हप्ता हुने बम्परमा ५० हजार एक जनालाई प्रदान गरिनेछ।
बाईक तथा स्कुटरमा ल्याईएको नयाँ योजनाले ग्राहकहरुमा सुजुकीप्रतिको बिश्वास अझ बढ्ने जनरल म्यानेजर धिरज भट्टराईले बताए।