अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्कले नयाँ वर्ष २०७६ मा ‘खुशी आउँछ बन्डलमा’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।स्क्र्याच कुपनमा न्यूनतम १० हजार देखि १ लाख रुपैैयाँसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्ने छन्।
साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क दिइने कम्पनीको भनाइ छ।यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ। साथै हरेक १५ दिनमा एक जनालाई होम अप्लायन्स प्रदान गरिने छ ।