नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले भक्तपुर र रुकुममा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।
दुवै नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा दिने कम्पनीले जनाएको छ।
भक्तपुरको आउटलेटको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट गोपालकुमार अग्रवाल र बी एन्ड के इन्टरप्राइजेजका अध्यक्ष बिकुलाल सुवालले संयुक्त रुपमा गरे।
भक्तपुर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बी एन्ड के इन्टरप्राइजेजका प्रबन्ध निर्देशक केशव सुवालले बताए।
उद्घाटन समारोहमा जेसीबी इन्डियाका एरिया सेल्स म्यानेजर बाल कृष्ण बस्याल, जेसीबी इन्डियाका राजकुमार मुदालायर, युसेप नेपालका कार्यकारी निर्देशक विपिन आचार्य, भक्तपुर इटा व्यवसायी संघका अध्यक्ष नातीभाइ हेम्बा र एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ डिजिएम दिपकराज गिरी लगायतको उपस्थिति थियो ।
यीसहित जेसीबीले नेपालमा १२ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ ।जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । कम्पनीका अनुसार इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।