होन्डाले दसैं तथा तिहारको योजना ‘सम्बन्ध सपनाको’ बिजेता घोषणा गरेको छ।
होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ् कम्पनीले नेपालमा ५० वर्ष पूरा गरेको अवसरमा बिजेता घोषणा गरेको हो।
माघ २५ गते देखि फागुन २५ गते सम्म आयोजना गरिएको उक्त कार्यक्रममा २५ हजार २ सय ६५ जनाले सहभागिता जनाएका थिए।
सहभागी मध्ये लक्की ड्र गरि ५० जनालाई छनौट गरिएको हो। छनौट भएका सहभागीले ५० लाख बम्पर उपहार जित्न योजनासँग मेलखाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गरेका थिए।
अपलोड गरिएको ३९ भिडियो मध्ये सवैभन्दा बढी लाइक, कमेन्ट र शेयर प्राप्त गर्नेलाई बिजेता छनौट गरिएको कम्पनीले जनाएको छ। बिजेता हुनेले आफू डक्टर बनी सर्वसाधारणको सेव गर्ने सपना बोकेको देखिने फोटो अप्लोड गर्ने बिसाल थापा रहेका छन्।