डोङ्फेङ् सकोन (डीएफएसके) को ग्लोरी –५८० मोडलको एसयुभी नेपाली बजारमा आएको छ।
डोङ्फेङ् सकोनको नेपालको लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ग्लोरी–५८० मोडल एक कम्प्याक एसयुभी भित्र्याएको हो।
१.५ लिटरको टर्बोचाज्र्ड इन्जिन रहेको ग्लोरी –५८० मा ६ वटा अटोमेटिक सीभीटी ट्रासमिसन रहेको छ। जसले १४८ बिएचपी पावर तथा २२० एनएम–टर्क जेनेरेट गर्छ।
यसको २०० एमएम ग्राउण्ड क्लियरेन्सले नेपालका सडकमा राम्रो प्रदर्शन गर्ने कम्पनीको दावी छ।सेभेन–सिटरको ग्लोरी–५८० लाई १७ इन्चको अलोय ह्वीलले आकर्षक बनाएको छ।
इन्डोनेशियाली प्लान्टबाट उत्पादित यी एसयुभीको लम्बाई ४६८०, चौडाई १८४५ तथा उचाई १७१५ एमएमको रहेको छ।
यसमा ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टुइन–साइड तथा कर्टन एयरव्याग, रिभर्स पार्किङ सेन्सर तथा क्यामरा लगाएतका फिचर्स रहेका छन्।
ग्लोरी–५८० को इन्टेरियरको कुरा गर्दा ड्यूल–टोन ड्यासबोर्ड तथा १० इन्चको स्क्रिनसहितको इन्फोटेन्मेन्ट सिस्टमले क्याविनलाई लग्जरियस बनाएको छ।
यसमा थ्री–स्पोक स्टेरिङ ह्वीलमा अडियो, फोन तथा क्रुज कन्ट्रोलको माउन्टेड सुइज रहेको छ ।क्याविनमा रहेको पानारोमिक सन्–रुफ, चालकको आरामका लागि सिक्स–वे एड्जस्टेवल ड्राइभर–सिट, फोर–वेमा एड्जस्ट गर्न मिल्ने अगाडि प्यासेन्जरको सिट लगाएतले यस एसयुभीलाई अझ उत्कृष्ट बनाएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यसको अगाडि बम्परमा तीनवटा लाइनमा रहेको क्रोम फिनिसिङले यसलाई स्पोर्टी देखाएको छ भने प्रोजेक्टर एलईडी डेटाइम रनिङ–लाइट रहेको छ, जसलाई लायन आई–सेपमा डिजाइन गरिएको छ।
यसको रियर विन्डोको माथि रहेको स्पोइलर तथा सार्कफिन एन्टेनाले यसको ब्याक–प्रोफाइल पनि उत्कुष्ट देखाएको छ । रियरमा ड्यूलटोन सि सेपको ब्याक–लाइट समेत रहेको छ ।
ग्लोरी–५८० को नेपाली बजारमा लग्जरी भेरियन्ट र म्यानुयल ट्रान्समिसन उपलब्ध छ। कम्पनीले यसको सुरुवाती मूल्य ६२ लाख ८० हजार रुपैयाँ देखि टप भेरिएण्टको ६९ लाख ९९ हजार ५ सय रुपैयाँसम्म निर्धारण गरेको छ।
संसारको ७० बढी देशमा बिक्री हुँदै आएको यस ब्रान्डको प्रिमियम एसयुभीमा कम्पनीले इन्जिनमा ७ वर्ष वा १,५०,००० किलोमिटरको वारेन्टि दिएको छ।
बिक्रीपछिको सेवाको लागि कम्पनीले ललितपुरको जुवागलमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ । यो एसयूभीले एन–क्यापको क्र्यास टेस्टिङमा फाइभ–स्टार रेटिङ पाएको कम्पनीले जनाएको छ।