भारतमा रोयल इनफिल्डका दुई नयाँ अफरोड मोटरसाइकल सार्वजनिक भएका छन्।
रोयल इनफिल्डले ‘रोयल इनफिल्ड बुलेट ट्रायल्स वर्कस रिप्लिका’ ३५० र ५०० मोडलका नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो।
रोयल इनफिल्ड ट्रायल्स ३५० को बजार मूल्य १ लाख ६२ हजार भारतीय रुपैयाँ तोकिएको छ भने ट्रायल्स ५०० को बजार मूल्य २ लाख ७ हजार भारतीय रुपैयाँ राखिएको छ।
दुवै मोटरसाइकल रोयल इनफिल्ड बुलेट ३५० र बुलेट ५०० मा आधारित रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार रोयल इनफिल्ड ट्रायल्स रिप्लिका ३५० मा ३४६ सिसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, ट्विन स्पपार्क, एयर कोल्ड इन्जन रहेको छ।
यसले ५ हजार २ सय ५० आरपीएममा १९. ८ बिपिएचको पावर र ४ हजार आरपिएममा २८ एनएमको पिक टर्क जेनेरेट गर्छ। इसको इनजनमा ५ स्पिड गियरबक्स दिइएको छ।
त्यस्तै रोयल फिल्ड ५०० मा ४९९ सिसी, सिंगल सिलिन्डर,फोर स्ट्रोक, पार्क इग्निशन, एयर कोल्ड फ्यूल इनजेक्सन इन्जिन दिइएको छ। यो इन्जिन ५ हजार २ सय ५० आरपिएममा २७.२ बिएचपीका पावर र ४ हजार आरपिएममा ४१.३ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ।
यो इन्जिनमा पनि ५ स्पीड गियर बक्स रहेको छ। दुवैको फ्रेममा धेरै फरक नरहेको कम्पनीले जनाएको छ।
दुवै मोटरसाइकलमा अफरोड क्यापाबिलिटीलाई मिलाउन केही फरक पारीएको छ। रोयल इनफिल्ड ३५०मा रेड फ्रेम दिइएका छ भने रोयल ५०० मा ग्रिन फ्रेम दिइएको छ।
यी मोटरसाइकलहरुलाई मुख्यतया अफरोड( कच्चीबाटो)मा चलाउनको लागि बनाइएको हो। यी मोटरसाइकिलको नाम १९५०को पुरानो एनफिल्ड मोटरसाइकलबाट लिइएको हो।
जुन मोटरसाइकल अफरोडबाटोको लागि बनाइएको हो। यस नयाँ ट्रायल्स मोटरसाइकलमा रेट्रो स्क्रैम्बलर लुक्स दिइएको छ। डिजाइनलाई आकर्षक बनाउन अन्य धेरै एक्सेसरीजको पनि प्रयोग गरिएको कम्पनीले जनाएको छ।