सुजुकीले आफ्ना बाइक इन्ट्रुडरको खरिदमा बैंकक भ्रमण वा ४३ इन्च स्मार्ट एलइडी टिभी पाउन सकिने योजना ल्याएको छ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकरिक बिक्रेता भिजी अटोमोबाइल्सले योजना प्रश्तुत गरेको हो।
चैत १३ गते देखि लागू भएको योजना सिमित अवधीका लागि मात्र हुने छ।
यो चालकको सुरक्षाको लागि १५० सिसीको बाइक समूहमा एबिएस जडान गरिएको एक मात्र क्रुजर बाइक भएको कम्पनीको दाबी छ।
बाइकमा आकर्षक तथा स्टाइलिस हेडलाइट, डिजिटल मिटर लगायतका धेरै फिचर भएकाले नयाँ वर्षको योजनाले ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ।