हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई न्यू इयर डिलाइट’ योजना सार्वजनिक गरेको छ।
योजना अन्तर्गत ५० हजार रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र १५ हजारको लोयल्टी बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
सबै हुण्डाई गाडीमा ४ वर्षको निःशुल्क सर्भिसीङ्ग तथा ३ वर्षको वारेन्टी दिइएको छ। यो सुविधा नेपाल भरिका १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरमा उपलब्ध गराइएको छ।