नयाँ वर्षको अवसरमा हंसराज हुलासचन्दले केटिएम बाइकमा ‘थ्रिल विटआउट द बिल’ अफर ल्याएको छ।
अफरमा केटिएमले विभिन्न सेवाहरु र पार्टपुर्जामा २ वर्षको लागि बिना शुल्कको मर्मत–संभार सेवा प्रदान गर्ने छ। कम्पनीका अनुसार पार्टपुर्जा, इञ्जिन आयल, सर्भिसिङ्ग र लेबर चार्ज शुन्य शुल्कमा प्रदान गरिने छ।
हुलासचन्द नेपालको लागि केटिएम बाइकको एक मात्र आधिकारिक वितरक हो। अफर यस प्रिमियम बाइकको सबै नयाँ खरिदकर्ताहरुका लागि लागू गरिएको कम्पनीले जनाएको छ।
केटिएम नेपालमै प्रिमियम सेग्मेन्टको मोटरसाइकलहरुमा सबैभन्दा धेरै बिक्री हुने बाइक हो। यो अफर यही चैत १ गतेदेखि लागू भइरहेको छ।
कम्पनीले जेनिउन पार्टपुर्जाहरु प्रदान गरेर आफ्ना ग्राहकको मर्मत–संभारको खर्चलाई न्यून बनाउन बनाएर उत्कृष्ट सेवा प्रदान गर्ने दाबी गरेको छ।