यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले टुटल र पठाओलाई बिकृतीको संज्ञा दिएका छन्।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका प्रतिनिधिहरुले यातायात व्यवस्था विभागमा आफ्नो समस्या राख्ने क्रममा टुटल र पठाओको अवैधानिक तवरले चल्दा पनि सरकारले केही गर्न नसकेको भनेपछि दाहालले टुटल र पठाओलाई कारवाही हुने बताएका हुन्।
निजी सवारीले भाडामा मान्छे बोक्नु यातायात व्यवस्था ऐन २०४९ को बरखिलाफ र निती बिपरितको काम भएको उनले बताए।
‘यसले बजारमा ठूलो बिकृती फैलाउनुको साथै, अनुसासन हिन काम भइरहेको छ,’ उनले भने ‘कि कानुन बनाएर जानु पर्यो होइन भने चाहे रोजगारीको नाममा होस वा जेका नाममा होस यस्ता प्रोत्साहन गर्नु हुदैन,’उनले भने।
यो वियायमा आफूले बिभागीय मन्त्रीसगँ पनि कुरा गरिरहेको र विभाग कारवाहीको लागि पनि अगाडि बढिरहेको दाहालले जिकिर गरे।