यूएम बाइकको आधिकारिक वितरक ‘आईएमई अटोमोटिभ्स’ले नयाँ वर्षमा ‘नयाँ वर्षको बहार’ अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजार देखि १ लाख रुपैयाँ सम्म जित्न सकिने कमपनीले जनाएको छ।सो अफर चैत २५ देखि बैशाख मसान्त सम्म सञ्चालन हुनेछ।
नेपाली बजारमा यूएमका डीएसआर २००, डीएसआर २३०, हाइपर स्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन्। नेपाली बजारमा भएका १८० देखि ३०० सीसीका क्रुजर बाइकहरु उल्लेखनीय संख्यामा बिक्री भएको आईएमई अटोमोटिभ्सले जानकारी दिएको छ ।विगत ५ वर्षको दौरानमा कम्पनीले यी बाइकहरुलाई अपग्रेड गर्नुका साथै विभिन्न सेवाद्वारा सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दावी छ।
अमेरिकी बाइक निर्माता कम्पनी यूएमको सोरुम गैरीधारामा सरेको छ । नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले जमलमा रहेको सोरुमलाई गैरीधारामा सारेको हो।ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ सोरुम स्थानान्तरण गरिएको कम्पनीले बताएको छ।
यूएमका बाइक राम्रो पिकअप, माइलेज र पर्फमेन्स भएको कम्पनीको भनाइ छ।नेपालमा उपलब्ध यूएमका बाइक मध्ये डीएसआर २०० को मूल्य ४ लाख, डीएसआर २३० को मूल्य ४ लाख ३५ हजार, हाइपरस्पोर्ट २३० को मूल्य ४ लाख ४५ हजार, रेनेगेड स्पोर्ट १८० को मूल्य २ लाख ९९ हजार, रेनेगेड कमान्डो ३०० को मूल्य ६ लाख १४ हजार र रेनेगेड स्पोर्ट एस ३०० को मूल्य ६ लाख २२ हजार रुपैयाँ छ ।