सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले ललितपुरको धोबिघाटमा नयाँ शोरुम संचालनमा ल्याएको छ।
‘स्टेट अफ द आर्ट’ शोरूमको मारुती सुजुकी भारतका कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण चौधरीले संयुक्त रुपमा उद्घाटन गरे।
धोबिघाटमा स्थापित यो शोरूम सुजुकीको प्रमुख शोरुमका रुपमा स्थापना गरिएको सिजी मोटोकर्पले जनाएको छ। व्यापार यूनिटका प्रमुख, सिरज पन्तले ग्राहकलाई उत्साह दिनेगरी शोरुमको वातावरण बनाइएको जानकारी दिए। ‘अन्य शोरुममा जाँदा प्राप्त नगरेको उत्साह ग्राहकलाई यहाँ आउँदा मिल्नेछ’ उनले भने।
देशभर बिक्री, सेवा र जेन्यून स्पेयर पार्टसको सबैभन्दा ठूलो सञ्जाल सुजुकीले बनाएको कम्पनीको दावी छ। कम्पनीले ३३ सेल्स, ३६ सेवा सञ्जाल र थप २०० भन्दा बढी आउटलेट संचालनमा रहेको जनाएको छ।