मारुती सुजुकीले नयाँ ‘वागनआर’ गाडी नेपाली बजारमा ल्याएको छ।
मारुती सुजुकीको नेपालको लागि आधिकारिक वितरक सिजी मोटोकर्पले ‘अल न्यू वागनआर’ सार्वजनिक गरेको हो। वागनआर १.० र १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ। १.० मा भिएक्स आई, १.२ मा भिएक्सआई र जेडएक्सआई (अप्सलन) मा उपलब्ध छ।
१.० लिटर पेट्रोल इन्जिनले ५ हजार ५ सय आरपिएममा ५० किलोवाट पावर तथा ३ हजार ५ सय आरपिएममा ९० एनएम टर्क प्रदान गर्दछ। त्यस्तै यसको १.२ लिटर पेट्रोल इन्जिनले ६ हजार आरपिएममा ६१ किलोवाट पावर र ४ हजार २ सय आरपिएममा १ सय १३ एमएम टर्क दिन्छ।
५ सिट क्षमताको नयाँ वागनआर ६ वटा रङमा उपलब्ध छ। सुरक्षाको लागि यसमा एयर ब्याग, एबिएस विथ इबिडी, स्पिड अलर्ट सिस्टम, रेयर पार्किङ सेन्सर, सेन्ट्रल लकिङ, फ्रन्ट फग ल्याम्प लगाएतमा फिचर्सहरु समावेस छन्।
यसमा समावेस १७.७८ सेन्टीमिटरको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, स्मार्ट प्ले डक, एप्पल कार प्ले र एन्ड्रोइड आटो, ब्लुतुथ, युएसबी कनेक्टीभिटी, स्टेरिङमाउण्टेड अडियो कन्ट्रोल र भ्वाइस कन्ट्रोलले यात्रालाई सुविधाजनक बनाउने कम्पनीले जनाएको छ। डुअल टोन इन्टेरियरले नयाँ वागनआरलाई उत्कृष्ट लुक्स दिएको छ।