सरकारले प्रत्येक आर्थिक वर्ष नयाँ सवारीसाधन खरिदमा अर्बौ रकम खर्च गर्ने गरेको पाइन्छ। विषेशगरी आर्थिक वर्षको उत्तरार्धतिर आएपछि सवारीसाधन खरिदलाई सरकारी निकायले तीब्रता दिन्छन्। तर संघीय सरकारको केन्द्र सिंहदरबारमा सवारीसाधन प्रयोगविहिन अवस्थामा धेरै भएको पाइएको छ।
महालेखा परीक्षकको ५६ औं प्रतिवेदनले भएका गाडी प्रयोग नगरी नयाँ खरिद गर्नेतिर सरकार उद्धत भएको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार सिंहदरबारस्थित २०७५ को असारसम्म २२ मन्त्रालयमा १ हजार ११५ मोटरसाइकल र ८ सय सवारीसाधन रहेकोमा ९०९ मोटरसाइकल र ६२२ सवारीसाधन मात्र चालु हालतमा छन्। आर्थिक वर्ष २०७४।७५ मा मात्र रु.६ अर्ब ६१ करोड ४५ लाख ३७ हजारका ६ हजार ९०९ मोटरसाइकल तथा १ हजार २४ कार, जिप, पिकअपलगायतका सवारीसाधन खरिद गरेको थियो।
मौजुदा सवारीसाधनहरु सदुपयोग गर्नेतर्फ ध्यान नदिई वर्षेनी नयाँ खरिद गर्ने प्रवृत्तिले खर्चमा मितव्ययिता ल्याउनेतर्फ प्रयास नभएको महालेखाको आरोप छ। प