यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले पठाओ र टुटललाई कारवाही गर्न विभागीय मन्त्रीको आदेशको पर्खाइमा रहेको बताएका छन्। पठाओ र टुटलको नाममा निीि नम्बर प्लेटको सवारीले गैरकानुनी रुपमा सार्वजनिक सवारीको रुपमा काम गरिरहेको उनले बताए।
‘जुन दिन दुर्घटना हुन्छ त्यो दिन सबैको आँखा खुल्छ। यो अनियमित काम हो। गैरकानुनि काम हो। यसलाई रोक्नुपर्छ। तर मैले रोकेर रोकिने कुरा होइन। यो विषयमा मन्त्रीलाई सोध्नुहोस। उहाँको भ्वाइस जे हो मेरो पनि त्यही हो। म उहाँको आदेश पर्खेर बसिरहेको छु,’ दाहालले सेतोपाटीसँग भने।
सबै प्रकारको गाडीको आ–आफ्नो उदेश्य भएकोले निजी नम्बर प्लेटको सावारीले भाडामा मान्छे बोक्नु नहुने उनले तर्क गरे।
‘भोलि कुनै घटना घट्यो भने यो कुरा संसदमा उठ्छ। प्यासेन्जरको मृत्यु भयो भने इन्सोरेन्स कसले तिर्छ? ह्यारेसमेन्ट भयो भने को जिम्वेवारी?,’ दाहालले भने।
यस्ता सवारीलाई कारवाहीको दायरामा ल्याउने सम्बन्धमा विभाग अगाडी बढिरहेको उनको भनाइ छ।
सवारीको नम्बर प्लेट, ड्रेस, इन्सोरेन्स, परिचय पत्र, सवारीको मापदण्ड, राजश्व लागायतको कार्यविधि तयार गरी नियमन गरे विभागले साइकलमा प्सेन्जर बोक्नेलाई पनि केही नगर्ने उनले बताए।
यो बाहेक फुडमाण्डु , फुड मारीयो लगाएतका कम्पनीले पनि गैर कानुनी तरिकाले निजी सवारीमा डेलिभरी गर्नु गैरकानुनी भएकोले सबैलाई नियमन गरिनुपर्ने उनले बताए।