हिरो मोटरकर्पले ‘आइथ्रीएस’ प्रविधि सहितको फेमिली स्कुटर – ‘डेस्टिनी’ १२५ सार्वजनिक गरेको छ ।
डेस्टिनी १२५ को प्रस्तुतीले हिरो मोटरकर्पले नेपालमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै लैजाने कम्पनीको भनाइ छ।
भारतमा बिक्री सुरुगरेको केही महिनामै नेपालमा समेत यस स्कुटरको बिक्रीवितरण सुरु भएको हो।हिरो मोटरकर्पको यसअघिका ३ वटा स्कूटरहरु– १०० सिसी प्लेजर, ११० सिसी माइष्ट्रो एज र ११० सिसी डुयट्, स्कुटर सेगमेन्टमा बलियो उपस्थितिमा रहेका छन।
यो स्कुटरसंगै १२५ सिसिको स्कुटर बजारमा समेत हिरोले आफ्नो उपस्थिति जनाएको छ।डेस्टिनि १२५ को भ्याट सहितको मूल्य २ लाख ६ हजार रुपैयाँ कायम गरिएको छ ।यो स्टाइलिस नयाँ स्कुटर यही वैशाख ४ गतेदेखि देशभर रहेका हिरोमोटर साइकलका शोरुमहरुमा उपलब्ध हुनेछ ।
हिरो मोटरकर्प, ग्लोबल बिजनेस, स्ट्राट्जी एण्ड पर्फमेन्स ट्रास्फर्मेसन प्रमुख रजत भार्गभले आफ्ना लागि लागि नेपाल एक अत्यन्त महत्वपूर्ण विश्वबजार भएको बताउँदै १०० सिसी र १२५ सिसीको मोटरसाइकल सेगमेन्टमा अग्रस्थानमा रहेको दाबी गरे।
डेस्टिनि १२५
स्टाइल, पावर र प्रविधिमा विशेष संयोजन रहेको नयाँ डेस्टिनि १२५ नेपालको पहिलो र एकमात्र फेमिली स्कुटर भएको कम्पनीको भनाइ छ। जसमा हिरोको प्रविधिमा आधारित अत्यन्त क्षमतावान् आएथ्रीएस (आइडल स्टार्ट–स्टप–सिस्टम) जडान गरिएको छ।
शुयसमा सशक्त यात्राका लागि पावर ८.७ बिएचपी, ६७५० आरपिएम आरएमपी , टर्क १०.२ एनएम, ५०० आरएमपीको शक्तिशाली इन्जिनबाट प्राप्त गर्दछ ।
स्मार्ट प्रविधि
स्कुटर सेगमेन्टमा पहिलो पटक डेस्टिनी १२५मा माइलेजको लागि हिरोको आविष्कार आएथ्रीएस डान गरेको छ। यसमा अझ थप विशेषताहरु – डिजिटल एनलग स्पिडोेमिटर , साइड स्ट्याण्ड इन्डिकेटर र सर्भिस ड्यू रिमाइण्डर पनि रहेका छन् ।
सुविधादायक एवं सुरक्षित
बाहिरबाटै इन्धनभर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइलचार्ज गर्ने मिल्ने र बूट लाइट यसमा भएको विशेष सुविधाहरु हुन्। साथै स्कूटरमा भएको टेलिस्कोपिक सस्पेन्सन र एकीकृत ब्रेकिङ्ग प्रणालीले आरामादायी यात्राकोे अनुभूति दिलाउँछ ।
प्रिमियम स्टाइल
परिवारलाई लक्षित यस स्कुटरले कामकाजी युवापुस्तालाई समेत आकर्षित गर्ने कम्पनीको लक्ष्य छ। डेस्टिनी १२५ आधुनिक र प्रिमियम स्कुटरको चाहनालाई पुरागर्न सम्पूर्ण रुपमा स्टाइलमय प्याकहरुले सुसज्जित छ। जसमा प्रिमियम बडी, सिग्नेचर टेल लाइट, र विङकर बत्ती, स्टाइलिस काष्ट पाङ्ग्रा , बडी रङ्गको ऐनाहरु र डुयल टोन सिट कभर समाविष्ट छन् । नयाँ डेस्टिनी रेड, क्यासटन्यूट ब्रोन्ज, ह्वाइट, र ब्ल्याक कलरमा उपलब्ध छन्।