टाटा मोटर्स नेपाल र म्याकलुब्रिकेन्ट्सको सहकार्यमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न भएको छ।
फेस्ट यही अप्रिल ११ र १२ मा काठमाडौंमा सम्पन्न भएको हो। सार्कस्तरीय उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशकादुवै समुहमा ३–३) सहभागी भएका थिए।
फेस्टिबलमा सेवा सल्लाहकारतर्फ नेपालका उज्जवल परियार प्रथम भए भने राजाराम केसी दोस्रो भएका हुन। तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुलमलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरे।
त्यसैगरी प्राविधिकवर्गमा नेपालका डेम बहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भएका थिए।पुरस्कार वितरण कार्यक्रम होटल याक एण्ड यतिमा भएको थियो।
दुवै बर्गका पुरस्कार विजेता तीन–तीनजना प्रतियोगीले भारतको पुणेमाहुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुनेछन्।सार्कस्तरीय प्रतियोगिताहुनु भन्दा अघि नेपालको प्रतिनिधि छनोटको लागि २५० सहभागीहरु मध्ये विभिन्न तीन चरणको छनोट प्रतियोगिता पार गरि तीनजना प्राविधिक सार्क राउण्डमा सहभागी हुन योग्य भएका थिए।
त्यसैगरी ५४ जना सेवा सल्लाहकार सहभागीहरु मध्ये अन्तिम तीनको छनोट भएको थियो । दुवै बर्गको छनोट गर्ने सिलसिलामा लिखितजाँच, अन्तर्वार्ता, गाडीको प्राविधिक त्रुटीको पहिचान लगायत विभिन्न ५ विधिको अवलम्बन गरिएको थियो। कार्यक्रमको आयोजना टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले गरेको हो।