नेपालको लागि हुण्डाइको आधिकारिक बितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले ‘दि अल न्यू सेन्ट्रो’ सार्वजनिक गर्यो।
हुन्डाइसँगको १० वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा गाडी सार्वजनिक गरेको हो। नेपालमा हुण्डाइको लोकप्रियता बढाउन अहम भूमिका खेलेको ‘सेन्ट्रो’ को यो ५ औं पुस्ताले पनि उत्तिकै लोकप्रियता बढाउने कम्पनीको दावी छ।
आफ्ना प्रतिस्पर्धी ब्राण्डका गाडी भन्दा निकै अब्बल भनिएको ‘दि अल न्यू सेन्ट्रो’ ले निकै राम्रो व्यापारिक सुरुवात गरेको र ग्राहकबाट राम्रो प्रतिकृया पाइरहेको लक्ष्मी इन्टर कन्टिनेन्टलका मार्केटिङ र कम्युनिकेसन हेड आवासिश ओझाले जनानकारी दिए।
‘यो सेन्ट्रोमा समय अनुसारका नयाँ टेक्नोलोजि नयाँ फिचर्सको प्रयोग गरिएको छ, जुन प्रतिश्पर्धी ब्राण्ड भन्दा निकै अब्बल छ,’ उनले सेतोपाटीसगँ भने।
१ हजार ८६ सिसी इन्जिनको यस सेन्ट्रोले ५ हजार ५०० आरपिएममा ६९ पिएस पावर र ४५ हजार आरपिएममा १०.१ केजिएम टर्क जेनेरेट गर्छ। ४ सिलिन्डरको यो गाडीमा ५ स्पीड म्यानुअल गियरबक्स दिइएको छ भने स्मार्ट अटो एएमटी पनि समावेस छ।
१६५ मिलिमिटर ग्राउण्ड क्लेयरेन्स, २३५ लिटरको बुट स्पेस छ भने यसको फुल ट्याङ्क इन्धन क्षमता ३५ लिटर रहेको छ। यसमा १७.६४ सेमि टच स्कृन स्मार्ट फोन कनेक्टिभ तथा अडियो भिडियो प्रणाली, एबिएस विथ इबिडी, डुअल फ्रण्ड एयर ब्याग, एण्टी लक ब्रेकिङ सिस्टम विथ इबिडी, रेयर पार्कङि सेन्सर, रेयर एसि भेन्ट, इको कोडिङ टेक्नोलोजी, स्टेरिङ माउण्टेड कन्ट्रोल विथ ब्लूतुथ कनेक्टीभिटी लगाएत अन्य धेरै फिचर्स समावेस छन्।
कम्पनीले गाडीको मूल्य म्याग्नाको २४९६०००, स्पोर्टजको २६९६००० र म्याग्ना एएमटीको २८ लाख ९६ हजार निर्धारण गरेको छ।गाडी खरिद गर्दा हल्लाको पछाडि लाग्नु भन्दा पहिले रिसर्च गरेर खरिद गर्नुपर्ने ओझाले सुझाए।
‘गाडीको ब्रण्ड कस्तो हो, स्पेरपाट्र्स कत्तिको पाइन्छ, रिसेल भ्यालु कति छ लगायत कुराको ध्यान दिएर मात्र गाडी खरिद गर्नु पर्छ,’ उनले भने ‘आफूले किन्न लागेको गाडीको प्रतिश्पर्धी ब्रण्डसगँ तुलना गरेमा उत्कृष्ट गाडी खरिद गर्न सकिन्छ,’।
गाडीको प्रसंसा र विक्री राम्रो भएपनि यो इन्ट्रि लेबलको गाडी भएकोले ५० प्रतिशत डाउन पेमेन्टले केही समस्या देखिएको ओझाले बताए।
‘सामान्यतथा सेन्ट्रो पहिलोपटक गाडी खरिद गर्नेको रोजाइमा पर्छ, राष्ट्र बैंकको ५० प्रतिशत डाउन पेमेन्ट नीतिले धेरैले चाहेर पनि गाडी खरिद गर्न सकेका छैनन्,’ उनले भने।