नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले हालसम्मकै ठूलो एक्सचेन्ज मेला सुरु गरेको छ।
मेलामा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकलको प्रचलित बजार मूल्यांकनभन्दा थप २५ हजार रुपैयाँ मूल्यांकन पाउने कम्पनीले जनाएको छ।
त्यस्तै ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउने कम्पनीका मार्केटिङ म्यानेजर विक्रम पौडेलले जानकारी दिए।
महाएक्सचेन्ज मेलामा सेलिब्रिटी वाक इन, फ्रि लाइसेन्स ट्रायल, टेस्ट राइड, राइड कम्पिटिसन, डोर प्राइज र फुडस्टल पनि रहने छ।
त्यसैगरी मेलामा जुनसुकै ब्रान्डका मोटरसाइकलको फ्रि वाश र फ्रि चेकअप समेत हुने कम्पनीले जनाएको छ।
यो मेला यामाहाको हालसम्मकै ठूलो मेला हुने कम्पनिको विस्वास छ। सोमबार देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको मेला ६ दिनका लागि संचालन हुनेछ।
कार्यक्रमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडा, इन्डिया यामाहा मोटर्सका भाइस प्रिसिडेन्ट सेल्स, मिस्टर ताकासि यामडा र यामाहा मोटर्स इन्डियाका चिफ मेनेजर हिमांशु शर्माले संयुक्त रुपमा गरेका थिए।