यामाहाको नेपालको लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजीएस एफआई भी३.० सार्वजनिक गरेको छ।
राजधानीको भृकुटीमण्डपमा जारी ‘यामाहा महाएक्सचेन्ज मेला’मा ‘द हिमालायन रोडिज्’का निणार्यक लाहुरे, दिया मास्के र रेमनदास श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।
एफजीको विरासत र ‘सिग्नेचर स्टाइलिङ’लाई निरन्तरता दिँदै बजारमा ल्याइएको यामाहा एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबिएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सिसी सेग्मेन्टकै पहिलो मोटरसाइकल भएको कम्पनीले जनाएको छ।
नयाँ एफजीएस–एफआई भी ३.० मा १४९ सिसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बिएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा अघिल्लो पुस्तामा झैं ५–स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ । यसको दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ।
राइडरको सुरक्षालाई मध्यनजरमा राखेर यामाहाले एफजीएसको तेस्रो पुस्तामा सिंगल च्यानल ‘एबीएस’ जडान गरेको छ जसले ब्रेकिङ कन्ट्रोललाई जबरजस्त बनाएको कम्पनीको दावी छ। यसको फ्युल ट्यांक क्षमता १२.८ लिटर रहेको छ भने यो ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीन वटा रङ्गमा उपलब्ध छ ।
नयाँ एफजी भी ३.० मा नयाँ ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ रहेको छ।‘मस्कुलिन थिम’मा डिजाइन गरिएको नयाँ एफजी भी ३.० मा नयाँ ‘स्पेट–अप स्टाइल’को सिंगल सिट, नयाँ एलोई ह्विल र फेन्डरहरु समेत ‘रिडिजाइन’ गरिएको छ।
त्यस्तै, टर्न इन्डिकेटर थोरै माथि सारिएको छ भने एक्जस्ट कभरको डिजाइन पनि आकर्षक बनाइएको छ। यसमा पनि डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको छ तर अघिल्लो पुस्तामा भन्दा धेरै ‘इन्फर्मेसन’ यसले दिन्छ । त्यसैगरी यसमा ‘कि (साँचो) पोजिसन’ ट्यांकमा सारिएको छ।
यामाहा एफजीएस–एफआई भी ३.० को प्रारम्भिक मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ।