सुजुकीले आफ्ना आधिकारिक शोरुमहरुमा ‘मेगा एक्सचेन्ज मेला’ सुरु गरेको छ।
सुजुकी इण्डियाद्धारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाईल्सले मेला सुरु गरेको हो।
मेला बैशाख ९ गते देखि १५ गते सम्म नेपालभरिका शोरुममा सञ्चालन गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिनेछ।
यस अन्तर्गत गुड्दै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार र( तथा चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मूल्य भन्दा थप १५ हजार प्रदान गरिने सथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेकोे छ ।
सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको कम्पनीको दाबी छ। सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीको भनाइ छ।