नयाँ कार किन्ने बेलामा तपाईँ के हेर्नुहुन्छ ? धेरैले मुल्य हेर्छन भने केहीले रिसेल मुल्य। ताकि पछि बेच्ने बेलामा पनि राम्रो दाम आओस्। पछिल्लो समय ग्राहकहरु पनि समयसँगै बदलिएको कार निर्माता कम्पनीहरुले जनाएका छन्।
उनीहरुले ग्राहकको चाहनालाई मध्यनजर गरेर सुरक्षामा पनि ध्यान दिन थालेका छन्। नेपालमा हरेक दिन दुर्घटना भइरहेको छ। मानिसहरुले अकालमा नै ज्यान गुमाइरहेका छन्। सुरक्षा मापदण्ड पुरा गर्नका लागि पहिले कहिल्यै पनि सुरक्षामा ध्यान दिइएको थिएन्।
यात्रुहरुको सुरक्षालाई ध्यानमा राखेर ग्लोवल न्यु कार असेसमेन्ट कार्यक्रमले गरेको परीक्षणमा भारतमा बनेको टाटाको नेक्सन कारले उच्चतम र्याङकिङ पाएको छ।
सुरक्षालाई अत्यन्त महत्वपुर्ण दिनका लागि टाटा मोर्टसले प्रतिबद्धता जनाउँदै भनेको छ, नयाँ डिजाइनले भरिपुर्ण नेक्सन सुरक्षाका दुष्टिकोणले धेरै अगाडि छ।
नेक्सनले वयस्क र बालबालिकाहरुका लागि राम्रो सुरक्षा प्रदान गर्ने गरी बनाएको कम्पनीको दाबी छ। नेक्सनमा यात्रा गर्दा भारतमा सबैभन्दा सुरक्षित एसयुभीमा समेत नेक्सन नै दर्ज भएको छ।
यात्रुहरुलाई सुरक्षाका विषयमा सचेतना गराउनका लागि टाटा मोटर्सले ने नेपालामा एक अभियान नै सुरु गरिरहेको छ। नेपालमा ९० प्रतिशत भन्दा बढी सवारी साधन भारतमा निमार्ण गरेर यहाँ ल्याइन्छ। टाटा नेक्सन नेपाली सडकमा सुरक्षित एसयुभी सवारी साधन रहेको कम्पनीको दाबी छ।
भिडिओ हेरौं