एक वर्षमा टाटाको ‘नेक्सन’ नेपाली बजारमा १ हजार भन्दा बढी बिक्री भएपछि टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी अटो ट्रडिङले उत्सव मनाएको छ।
आफ्ना ग्राहकहरुलाई बोलाएर सिप्रदीले अनुभव आदान प्रदान गर्नुको साथै मनोरन्जनात्मक कार्यक्रम गरेको थियो। सिटी सेन्टरमा रहेको विग मुभिजमा सिप्रदीले आफ्ना ग्राहकहरुलाई फिल्म समेत देखाएको थियो ।
टाटा नेक्सनमा डिजाइनहरु निकै आकर्षक छन् । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसमा नयाँ आयाम ल्याएको कम्पनीको दाबी छ।
उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि उपयुक्त छ । यसमा २०९ एमएमको ग्राउण्ड क्लेयरेन्स छ ।
फ्रन्ट सिल्ट बेल्ट, रेयर डेफोगर, रेयर एण्ड फ्रन्ट फग ल्याम्प, एबीएस विद ईबीडी लगायतका विशेषताले गाडी किन्न ग्राहकलाई लोभ्याउने कम्पनीको दाबी छ।