सिजी होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सिजी मोटोकर्पले नयाँ योजना सार्वजनिक गरेको छ।
नयाँ वर्ष २०७६ को अवसरमा कम्पनीले सुजुकी ‘स्योर प्राइज’ योजना ल्याएको हो। यस अन्तर्गत सुजुकीका ग्राहकले ४ लाखसम्मको नगद छुट तथा १ लाख सम्मको एक्चेन्ज बोनस र एक वर्षको लागि निःशुल्क बीमा पनि प्राप्त गर्न सक्नेछन्।
यो योजना यही वैशाख १३ गतेदेखि देशभर प्रारम्भ भई सीमित अवधिको लागि सीमित मोडेलहरुमा लागू गरिएको कम्पनीले जनाएको छ।
नेपालमा सुजुकीका उत्पादनहरु Alto, K10, नयाँ ठूलो Wagonr, Celerio, Celeriox, Ignis, Swift, Baleno, Dzire, Brezza, Vitara Brezza, Omni van, Omni Cargo, Eeco तथा Super carry जस्ता गाडीहरु बजारमा विक्री हुँदै आएको छ।