‘यामाहा एफजी राइड विथ रोडिज् टू लोमान्थाङ’को औपचारिक सुरुवात (फ्ल्याग अफ) भएको छ।
कम्पनीका अनुसार नेपालमै पहिलो पटक भएको यो रोमाञ्चक मोटरसाइकल यात्रामा १३ जना ‘एफजी राइडर’ले आफ्ना यामाहा एफजीमा विश्वकै कठोर भौगोलिक क्षेत्र र अग्ला हिमाली सडकबाट परिचित अपर मुस्ताङसम्म नौ दिन यात्रा गरेर १३ सय किलोमिटर पार गर्नेछन्।
राइडरको हौसला बढाउन ‘द हिमालयन रोडिज्’का जज रेमनदास श्रेष्ठ, दिया मास्के र दोस्रो सिजनका विजेता आयुष श्रेष्ठ पनि यात्रामा सहभागी हुनेछन्।
यामाहाको साहसिक यात्राको ‘फ्ल्याग अफ’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सिईओ चिरञ्जीवी शाहले गरे।
कम्पनीका अनुसार देशका विभिन्न स्थानमा गरिएको अडिसनबाट छानिएका राइडरहरुले भौगोलिक विकटता र खराब मौसम भएका स्थानको यात्रा मात्र गर्ने छैनन्, हिमाली क्षेत्रको सुन्दरता र सांस्कृतिक विविधताको पनि अवलोकन गर्नेछन्।उनीहरुले मुक्तिनाथ, झारकोटस्थित मुक्तिनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रगी वितरण गर्नेछन।
राइड विथ रोडिज्को दैनिक गतिविधि यामाहा नेपालको औपचारिक फेसबुक पेजमा राखिने छ।
एफजीको टोलीमा भर्खरै नेपालमा सार्वजनिक भएको यामाहा एफजी एस एफआई भी ३.० पनि सहभागी हुने कम्पनीले जनाएको छ।
यो फ्युल इन्जेक्सन प्रविधि र एबिएस भएको सेग्मेन्टकै पहिलो मोटरसाइकल भएको कम्पनीको दाबी छ।
राइडल टोलीमा इटहरीका विशाल राई र सन्दिप शर्मा, चित्तवनका सम्मान श्रेष्ठ र सुजन पौडेल, बुटवलका अनिल बराल र सागर बुर्जमगर, काठमाडौंका जीवन बयलकोटी, दिपु महर्जन र आयुषराज खनिया,
पोखराका सन्दिप क्षेत्री, ज्ञानेन्द्रविक्रम शाही, विशाल अर्याल र महिला चालक पूजा गुरुङ छन्।
यामाहा द हिमालयन रोडिज् सिजन २ को मुख्य प्रायोजक हो ।