हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेसटिभ डिलाइट’अफरका विजेताहरु सार्वजनिक गरेको छ।
अफरको पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ९०६ का हाउजिङ्ग एण्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ्ग डिरेक्टोरेट भावना केसीले हुन्डाई आई२० एक्टिभा जितेको जनाएको छ।
अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत बद्रीकुमार खड्काले हुन्डाई क्रेटा जितेकी छिन्।
अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले आकर्षक नगद छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन र बम्पर लीक्क ड्रबाट २ जनालाई हुन्डाई आई२० एक्टि र हुन्डाई क्रेटा जितेका हुन्।
अफरको विजेताको घोषणा हिमालयन टिभीमा लाइभ लक्की ड्र मार्फत सार्वजनिक गएिको हो।
विस्तृत जानकारीका लागि www.facebook.com/hyundainepal / www.laxmihyundai.com मा हेर्न सकिने छ।