नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुनसरीको इनरुवामा नयाँ डिलर सुरु गरेको छ।
एमएडब्लुले पाथीभरा इन्टरप्राइजेज मार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो।
इनरुवा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरको मागलाई ध्यानमा राखेर नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ।
नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि इनरुवा नगरपालिकाका मेयर राजन मेहताले गरे।
कम्पनीका अनुसार पाथीभर इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउँने छन्।
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ ।
स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन्।
यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो जुन एफआई टेक्नोलोजी र एन्टिलक ब्रेकिङ सिस्टम भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यसको माग युवा राइडरहरुमाझ अत्याधिक बढेको कम्पनीको भनाइ छ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइने कम्प्नीको दाबी छ।