नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले गत पुसमा टाटा ‘एनआरजी’ सार्वजनिक गर्यो।
सार्वजनिक भएदेखिनै ‘एनआरजी’ले ग्राहकबाट निकै राम्रो प्रतिकृया पाइरहेको र त्यही अनुसार ‘सेल्स’ पनि निकै राम्रो रहेको कम्पनीको दावी छ।
१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ। पछाडिको टेलगेट र कडा स्किडप्लेटमा मस्कुलर फिनिसुङले यसलाई निकै आकर्षक बनाएको छ।
गाडीलाई अकर्षक बनाउन यसको रूफ रेलसँग इन्फिनिटी ब्ल्याक रूफ दिइएको छ।
यसको १८० एमएम ग्राउन्ड क्लियरेन्सले अफरोडमा पनि राम्रो प्रदर्शन गर्ने कम्पनीले जनाएको छ। त्यस्तै अप्ठेरो सडकलाई मध्यनजर गर्दै यसमा विशेष रूपमा बनाइएको सस्पेन्सन प्रयोग गरिएको छ। यसमा इन्टेलिजेन्ट इलेक्ट्रिक पावर स्टेरिङ समेत समावेस गरिएको छ।
कम्पनीका अनुसार सुरक्षाको लागि यसमा डुयल फ्रन्ट एयरब्याग, इबिडी र कर्नर स्टेबिलिटी कन्ट्रोल भएको एबिएस, पछाडिको पार्किङ सहायता, बलियो बडी र क्याबिन, पछाडिको स्मार्ट वाइपर, फलो–मी–होम बत्तिहरू, ड्राइभर सिटबेल्ट रिमाइन्डर लगायतका फिचर्स समावेस छन्।
मनोरञ्जनको लागि यसमा हर्मनको स्मार्ट टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, हर्मनको ८ वटा स्पिकर प्रणाली, थ्रीडी नेभी नक्साको नेभिगेसन, मिडिया, रेडियो र फोनका लागि भ्वाइस कमान्ड लगायत फिचर्स समावेस छन्।
यसमा इन्टेरियरमा क्यानोयन अरेन्ज हाइलाईट्ससँग कालो इन्टेरियर दिइएको छ। डेनिम प्रेरित फेब्रिक भएको बोल्स्टेर्स सिटले यात्रा आरामरायी बनाउने कम्पनीको दावी छ।
यसमा रहेको २४२ लिटर स्पेस भएको बुटले यात्राअवधीमा सामान राख्न सहज हुन्छ भने अत्यावस्यक औषधी पानी राख्नको लागि कुल्ड ग्लोभ बक्स पनि दिइएको छ।
‘एनआरजी’को मूल्य कम्पनीले २९ लाख ९५ लाख निर्धारण गरेको छ। सुन्तला, सिल्भर र सेतो गरी ३ वटा रङ्गमा उपलब्ध यो गाडी को वारेन्टी ४ वर्ष वा ७५ हजार किलोमिटर दिइ्रएको छ।
अन्य प्रतिश्पर्धीको तुलनामा एनआरजी बजेट, वारेन्टी, पावर , माइलेज, लगाएत धेरै कुराले अब्बल भएको कम्पनीको दावी छ।