नौं बुँदे घोषणा पत्र जारी गर्दै अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धि राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
काठमाडौँ विश्वविद्यालयमा २ दिन सम्म चलेको सम्मेलनमा संयुक्त राष्ट्रय सघंको ‘ग्लोबल रोड सेफ्टी विक १०१९’को सन्दर्भमा दोस्रो दिनमो कार्यक्रम सम्पन्न भएको हो।
नेपालमा दुर्घटना कम गर्न अटोमोटिभ इन्जिनियरको ठूलो भूमिका हुने र यस विषयमा इन्जिनियरहरुले ध्यान दिन जरुरी भएको सांसद डा.डिला संग्रौलाले बताइन्।
इन्टिचिउड अफ अटोमेटिभ इन्जिनियर, काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा भएको सम्मेलनको दोस्रो दिनमा एसएई इन्डियाका कोषाध्यक्ष कमलकिशोर छगनलाल भोराले सेफ, नासाका महासचिव गोविन्द भट्टराई, ई. प्रेम लामा, नेपाल अटोमेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, मोटर साइकल फेडेरेसनका सचिव सन्तोष न्यौपाने, काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवाल, सिटिइभिटीकी प्रतिनिधि ई.निशी श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए भने आइएई नेपालका महासचिव बासुदेव तिमल्सिनाले घोषणा पत्र प्रस्तुत गरेका थिए।
नेपाल जस्तो सडक यातायातमा निर्भर रहनुपर्ने देशमा अटोमोवाइल क्षेत्रको विकास, प्रविधि, उत्पादन र सेवालाई सार्वजनिक गर्ने, ज्ञान, अनुभव,सीप र पहूँच हस्तान्तरण गर्ने तथा शैक्षिक संस्थाहरु, पेशागत र व्यवस्थापकीय संगठनहरुको बिचमा सहकार्य गर्ने उदेश्यले नेपालमै पहिलो अटोमोटिभ ईञ्जिनियरिङ्ग कन्फ्रेन्स आयोजना गरिएको आयोजकले जनाएको छ।