नेपालको लागि निशान मोटर्सको आधिकारिक वितरक पायोनियर मोटोकर्पले गत फागुनमा निशान किक्स सार्वजनिक गर्यो।
सार्वजनिक भएको ३ महिनामै १ सय ५० बढी ‘किक्स डेलिभरी’ भइसकेको कम्पनीले जनाएको छ।गाडीको गुणस्तर, लुक्स, मूल्य, पर्फमेन्स, कम्पनीको विक्री पछिको सेवा लगायतका कारणले किक्स ग्राहकको रोजाइमा परेको पायोनियर मोटोकर्पका साहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दले जानकारी दिए।
‘डिजाइन, स्पेस, इन्जिन पर्फमेन्स, माइलेज, लगायतले किक्स अरुभन्दा १ कदाम अगाडि छ’ चन्दले भने।पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध किक्स पेट्रोलमा १४ सय ९८ सिसी र डिजेलमा १४ सय ६१ सिसीमा उपलब्ध छ।
कम्पनीका अनुसार पेट्रोल इन्जिनको किक्सले ५ हजार ६ सय आरपिएममा १ सय ६ पिएस पावर र ४ हजार आरपिएममा १ सय ४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ३ हजार ८ सय ५० आरपिएममा १ सय १० पिएस पावर र १ हजार ७ सय ५० आरपिएममा २ सय ४० एनएम टर्क उत्सर्जन गर्छ।
पेट्रोल इन्जिनको किक्स ५ स्पिड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनको किक्स ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ।
सुरक्षाको लागि यसमा एबिएस विथ इबिडी र ब्रेकिङ असिस्टेन्स, एयरब्याग, रेयर डिफगर, रेयर भ्यु क्यामरा, रेयर पार्किङ सेन्सर, भेइकल डाइनामिक कन्ट्रोल, हिल स्टार्ट असिस्ट लगायतका फिचर्स भएको कम्पनीले जानकारी दिएको छ।
एक्सटिरियरमा टिन्टेड ग्लास, सार्क सिन एन्टेना, बडी कलर्ड एन्टेना, इन बिल्ट स्पोयलर, बडी कलरर्ड, आउटर डोर ह्याण्डलले निकै आकर्षक बनाएको कम्पनीको भनाइ छ।
यसमा ८ इन्चको टच स्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भ्वाइस रिकग्निसन, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, एलइडी प्रोजेक्टरको हेड ल्याम्प, कूल र इलुमिनेटेड ग्लोभ बक्स लगायत फिचर्स समावेस छन्।
किक्स ८ ओटा आकर्षक रङ्गहरुमा उपलब्ध छ। सामान राख्नको लागि यसमा ४ बुट स्पेस सय लिटरको बुट स्पेस दिइएको छ भने २१ सेन्टिमिटरको ग्राउण्ड क्लियरेन्सले यसलाई नेपालको बाटो सुहाउँदो बनाएको कम्पनीको दावी छ।
कम्पनीले यसको मूल्य एक्सएल पेट्रोलको ४७ लाख ९९ हजार, एक्सभि पेट्रोलको ५२ लाख ९९ हजार, एक्सएल डिजेलको ४९ लाख ९९ हजार, एक्सभी डिजेलको ५६ लाख ४९ हजार, एक्सभिपी डिजेलको ५९ लाख ९९ हजार निर्धारण गरेको छ।