नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।
आयोग प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा लिटरमा १ रूपैया घटाइएको छ। नयाँ मूल्य पेट्रोलको १०९.५० र डिजेल/मट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर कायम गरिएको छ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ।
इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो। यो समायोजन पश्चात भारतको रक्सौलभन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १५।६७ र डिजेल १६।६४ प्रतिलिटर रूपैयाँले नेपालतर्फ सस्तो भएको छ।