सानिमा बैंकको संचालक समिति अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन्।
समितिको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो।
नवनियुक्त पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमार्फत सपथ लिए।
पौडेल यसअघि पनि बैंकको संस्थापक समूहतर्फ विगत ८ वर्षदेखि निरन्तर रुपमा संलग्न थिए।
उनले नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्ट विषयमा स्नातकोत्तर गरेका हुन््।
पेशाले उनी हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन्। पौडेल हाइड्रो विज्ञका रुपमासमेत परिचित छन्।