आइएमइ जनरल इन्स्योरेन्स लिमिटेड र पिकमी बीच दूर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा आइएमइ जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिकमी बीचका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरे।
सम्झौतापछि पिकमीका चालक र पिकमी प्रयोग गर्ने सबै ग्राहकहरुको एक लाखसम्मको दूर्घटना बीमा आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ।
सम्झौता पत्रमा हस्ताक्षरपछि पिकमीका अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिकमीका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गरे।
कम्पनीको तर्फबाट चालक तथा पिकमी ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजिष्टिक सर्पोट, मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको छ। एप प्लेस्टोर तथा एपस्टोरबाट डाउनलोड गर्न सकिन्छ।
आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराए। यसकारण ढुक्क भएर बीमा सेवा लिन सबैमा आग्रह गरे।