ग्लोबल आइएमई बैंकका ग्राहकहरुले दराजको ११ः११ अफरमा १५ प्रतिशत छुट पाउने भएका छन्। दराजबाट अनलाइनमार्फत सामान किन्दा उक्त छुट दिने भएको छ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर ११ तारिखमा दराजबाट अनलाइनमार्फत् सामान किन्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन्।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३ हजार पाँच सयसम्म छुट पाउनेछन्।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकको ७६ जिल्लामा बैंकको २८६ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्र छ।
सुरक्षाको लागि नयाँ सेलेरिओमा अगाडि दुई वटा एयरब्याग, इबिडीसहितको एबिएस, आइएसओफिक्स एन्कोरलगायत विशेषताहरू छन्।
सुजुकीको नयाँ सेलेरिओमा चार–सिलिन्डर १.२ लिटर पेट्रोल इन्जिन जडित छ। जसले अधिकतम ८३ एचपी पावर र ११५ एनएम टर्क उत्पादन गर्छ।
कम्पनी १.० लिटर के१०सी श्रृङ्खलाअन्तर्गत थ्री–सिलिन्डर डुअलजेट इन्जिन जडित सेलेरिओ पनि सार्वजनिक गर्ने योजनामा छ। दुवै मोडलको गाडीमा पाँच–स्पीड म्यानुअल गियरबक्स हुने बताइएको छ।
नयाँ सेलेरिओको सुरुवाती मूल्य ४ लाख ५० हजार हुने अनुमान लगाइएको छ। हाल बजारमा उपलब्ध सेलेरिओको विभिन्न मोडलको मूल्य भारु ४ लाख ६६ हजारदेखि ६ लाख रुपैयाँ तोकिएको छ।