नेपालकै जेठो बैंक ८५ वर्षमा प्रवेश गरेको छ। १९९४ साल कात्तिक ३० गते स्थापना भएको सो बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका थिए।
नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारीसाझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको पूँजी संरचना शुरुआतमा नेपाल सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेकोमा बीचको अवधिमा उक्त अनुपातमा परिवर्तन हुँदै हाल नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ। बैंकको चुक्तापूँजी २०७८ असारमा १२ अर्व ६४ करोड पुगेको छ।
२ दशक भन्दा बढी समयसम्म लाभांश बितरण नगरेको यस बैंकले आ.व. २०७६/७७ देखि लाभांस बितरण गर्न थालिसकेको छ।
हाल बैंकको सबै तहमा दक्ष युवा जनशक्तिको रहेका बैंकको भनाइ छ। हाल बैंकमा स्थायी, करार सेवा र ज्यालादारी गरी करिब २४ सय कर्मचारी कार्यरत छन्। शुरुका दिनमा बैंकको कार्यप्रणाली हेर्दा लेजर बुक, धातुको टोकन माध्यमवाट निक्षेप बुझी भुक्तानी दिने चलन थियो।
अहिले आएर बैंकले डिजिटल बैकिङसम्म अंगालेको छ। बैंकले अत्याधुनिक प्रविधि तथा उपकरणहरुद्वारा सञ्चालित सेवाहरु जसमा एटिएम, डेविट कार्ड,क्रेडिट कार्ड एनिब्रान्च बैंकिङ, मोवाईल बैकिङ, इन्टरनेट बैकिङ, विल भुक्तानी सेवा, सार्वजनिक सवारीमा ई–टिकेटिङ्क सेवा लगायतका स्मार्ट बैकिङ्ङ सेवाहरु समेत उपलब्ध गराईरहेको छ । नेपाल बैंकले २० लाख बढी आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ ।
आर्थिक परिसूचकहरु
सेयर पूँजी १२६४ अर्व
जगेडा तथा कोषहरु २१.५ अर्व
निक्षेप दायित्व१७३ अर्व
कर्जा सापटी१४८ अर्व
५खुद व्याज आम्दानी ६.४६ अर्व
संचालन मूनाफा ४.४९ अर्व
कर अघिको मूनाफा४.७१ अर्व
खूद मूनाफा३.०६ अर्व
निस्कृय कर्जा(%)२.०
पूँजीकोष अनुपात (%)१७.९१