साताको चौथो दिन बुधबार पनि सेयर बजारमा हरियाली देखिएको छ। आज परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ कायम भएको छ।
बुधबार कारोबार भएका कम्पनीहरूमध्ये ९४ वटाको मूल्य बढेको छ। ८८ कम्पनीको मूल्य कम भएको छ भने ५ कम्पनीको मूल्य स्थिर छ।
आज अंकसँगै कारोबार रकम पनि बढेको छ। बुधबार सात अर्ब ३७ करोड बढीको कारोबार भएको छ।
आज दुई कम्पनीको दस प्रतिशत मूल्य बढेको छ। त्यस्तै चार कम्पनीको ९ प्रतिशतभन्दा धेरै मूल्य बढेको छ।
हेर्नुहोस् आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः
पन्चकन्या माइ हाइड्रोपावरः १० प्रतिशत
अपर तामाकोसीः १० प्रतिशत
मानुषी लघुवित्तः ९.९९ प्रतिशत
तेह्रथुम पावर कम्पनीः ९.९९ प्रतिशत
नेपाल बंगलादेश बैंकः ९.९८ प्रतिशत
आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः
बोटलर्स नेपालः -७.४७ प्रतिशत
महालक्ष्मी विकास बैंकः -७.४१ प्रतिशत
गुराँस लाइफ इन्स्योरेन्सः -४.१३ प्रतिशत
गह्वेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सः -३.८८ प्रतिशत
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टः -०.०९ प्रतिशत