सिभिल बैंकको सञ्चालक समिति बैठकले नयाँ नेतृत्व चयन गरेको छ।
आज बसेको संचालक समितिको ३६२ औं बैठकले प्रताप जङ्ग पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।
अध्यक्ष चयन भएपछि पाण्डले आफूलार्य थप जिम्मेवारी प्रदान गरिएको भन्दै सञ्चालकहरुलाई धन्यबाद दिए।
आफ्नो नेतृत्वमा बैंकलाई थप उचाईमा पु¥याउने विश्वास समेत उनले व्यक्त गरे।
बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको आबश्यकता पाण्डेले औँल्याए।
पाण्डेले बैंकलाई थप सबल र समृद्घ बनाउन शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घतासमेत व्यक्त गरे।