नबिल बैंकले प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट सुरु गरेको छ।
बैदेशिक रोजगारीमा रहेका नेपालीलाई मध्यनजर गरेर व्यक्तिगत बचत खाताअन्तर्गत यो संचालन ल्याएको छ।
बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखेर बचत खाता खोल्न सकिनेछ। ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन्।
नबिल प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्टमा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित ब्याजदरमध्येको उच्च ब्याजदर प्रदान गर्ने बताएको छ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिदैँ आएको छ।