माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरु भएको छ।
शुक्रबार एक औपचारिक कार्यक्रमबीच उक्त बैंक र सहकारीबीच सहकार्यको सम्झौता भएको हो।
नेपाल विद्मुत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेको यो सहकारीका ग्राहकले अब डेबिट कार्ड प्रयोग गर्न सक्छन्।
यसले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास लिइएको छ।