नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ।
कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो।
उमेर हदको कारण अर्थमन्त्रालयको कात्र्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो।
बिदाई कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशक बीचको लिंकेजलाई निरन्तरता दिनुपर्ने बताउँदै आफुले ३७ महिनाको कार्यकालमा धेरै बिषयहरु सिक्न पाएको बताए।
त्यसैगरी संचालक साउदले आफ्नो कार्यकालमा गरेका सहयोगको लागि सबै संचालकहरुलाई धन्यबाद दिए।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले गरेको सहयोगको सरहना गरे।