मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ उत्कृष्ट मुद्धती' योजना सार्वजनिक गरेको छ।
बैंकले निक्षेपकर्तालाई राम्रो ब्याजदर प्रदान गर्नेे र २२ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा दिने 'मुक्तिनाथ उत्कृष्ट मुद्धती' योजना सञ्चालनमा ल्याएको हो।
यो योजनाअन्तर्गत व्यक्तिगत मुद्धती खातामा न्यूनतम पाँच लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने ग्राहकले आफ्नो लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, दुई लाख रुपैयाँको घातक रोग बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्।
यस योजनाअन्तर्गत ग्राहकले एक वर्षदेखि दुई वर्षसम्मको मुद्धती खाता खोल्न सक्नेछन् र जति अवधिको मुद्धती खाता खोल्ने हो त्यती नै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्ने बताइएको छ।
यो योजनाबाट ग्राहकलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्डको प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।