माछापुच्छ्रे बैंले अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत बचत खाता सञ्चालनमा ल्याएको छ।
उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाइल बैंकिङ एम स्मार्ट बाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाइरहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो।
बैंकले ग्राहकलाई बैंकसम्म आउनु नै नपर्ने गरी मोबाइल बैंकिङ एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन एगेन्ट एफडी सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्ने गरी आफ्ना सेवा सुविधाहरूलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको बैंकले बताएको छ।
साथै बैंकको मोबाइल बैंकिङ एप एमबीएल एम स्मार्ट एप बचतमा आफैंले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने लगायतका सुविधाहरू रहेको बैंकले जनाएको छ।
त्यस्तै, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्यु आर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानीका सुविधा पनि रहेका छन्।
बैंकले एमबिएल एम स्मार्ट लाई भर्चुअल शाखाको रूपमा स्थापित गर्दे ग्राहकहरूलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नयाँ सुविधाहरू थप्दै ल्याइरहेको बैंकले जनाएको छ।