सनराइज बैंक 'एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेसन २०२२' बाट सम्मानित भएको छ ।
भिसा इन्टरनेशनलले नयाँ, उपयोगी र भरपर्दो सेवा दिए बापत उक्त अवार्ड दिने बैंकले बताएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम डुंगानाको उपस्थितिमा बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो।
बैंकले सहकारी सदस्यहरूलाई भिसा नेटवर्कभित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको बताइएको छ।
नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिँदै आएको छ।
यसका साथै समय सापक्ष रूपमा प्रविधि युक्त विभिन्न सेवा सुविधाहरू समेत दिँदै आएको बैंकले बताएको छ।