शुक्रबार नेप्से परिसूचक १.६७ अंकले घटेको छ। आज नेप्से १.६७ अंकले घटेर १९७०.६२ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २१९ वटा धितोपत्रको ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँ बराबरको कारोबार भएको छ।
शुक्रबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक ९.८० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.६७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८९५ रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ रहेको छ। योजनाको इकाई मूल्य ६.१६ प्रतिशतले घटेर प्रति इकाई मूल्य ८ रुपैयाँ २३ पैसामा झरेको छ।
त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ४.१० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३९० रुपैयाँ २० पैसा पुगेको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने नेपाल दूरसञ्चार कम्पनीको भएको छ। कम्पनीको १० करोड ४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दास्रो कम्पनीमा नबिल बैंक रहेको छ। उक्त कम्पनीको ७८४ रुपैयाँमा ४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक ०.०४, अन्य समूहको परिसूचक ०.५ र लघुवित्त समूहको परिसूचक ०.०१ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।