धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिने उदेश्यले संशोधित धितोपत्र बजार सञ्चालन नियमावली (२०६४) अर्थ मन्त्रालय पठाएको छ। निजी क्षेत्रले पनि नयाँ स्टक खोल्न पाउने गरी नियमावली संशोधन गरिएको हो।
बुधबार सम्पन्न बोर्डको सञ्चालक समितिको बैठकले पारित गरेसँगै यो नियमावली अर्थ मन्त्रालय पठाएको हो।
संशोधित नियमावलीमा स्टक एक्सचेन्जको पुँजी ३ अर्ब रुपैयाँ हुनेपर्ने व्यवस्था गरेको छ। हाल यस्तो पुँजी पाँच करोड रुपैयाँ तोकिएको छ।हाल सञ्चालनमा रहेको एक मात्र स्टक एक्सचेन्जको पनि पुँजी एक अर्ब रुपैयाँ पुगिसकेको छ।
स्टक एक्सचेन्जमा एक संस्थाको अधिकतम १५ प्रतिशत सेयर स्वामित्व हुने गरि नियमावली संशोधन गरिएको छ। हाल यस्तो स्वामित्व बढीमा १० प्रतिशत स्वामित्व कट्न नपाउने व्यवस्था छ। नयाँ स्टक एक्सचेन्जको आवश्यकता भएपनि एउटै समूह विशेषले स्टक उक्सचेन्ज खोल्न सक्ने गरि बोर्डले तयारी गरेको भन्दै आलोचना हुँदै आएको छ।
के नयाँ स्टक एक्सचेन्ज खुल्दैछ?