कुमारी बैंक र रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिकबीच सम्झौता सम्पन्न भएको छ।
बैंकका ग्राहकहरूले पोलीक्लिनिकबाट प्रदान गर्ने सेवाहरूमा छुट प्राप्त गर्ने विषयमा समझदारी भएको हो।
यस सम्झौताअनुसार बैंकका ग्राहकहरूले सो पोलीक्लिनिकबाट सेवा लिए बापत बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा ओपिडी शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया/ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा ३ देखि ५ प्रतिशत छुट पाउने जनाइएको छ।
यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ।
बैंकले १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आइरहेको छ।