हिमालयन बैंकले 'एक्सिलेन्स इन पिओएस एक्वायरिङ विजनेश २०२२' अवार्ड प्राप्त गरेको छ ।
हिमालयन बैंक विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जिसिबी, मास्टरकार्ड, युनियनपे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हो।
भिसाद्वारा आयोजित एक समारोहका बीच डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी हुन्।
बैंकले विगतका वर्षहरू देखि नै बैंकले यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको बताइएको छ।
हिमालयन बैंक नेपालको एक मात्र यस्तो बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरू आफ्नो नेटवर्कमा स्वीकार गर्छ।
विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरू आफ्नो एटिएम, पिओएस तथा ई–कमर्श गेटवे मार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरूलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आइरहेको बैंकले बताएको छ।
हाल बैंकले १५३ वटा एटिएम, ५५ सयभन्दा बढी पिओएस तथा करिब ७०० ई–कमर्श मर्चेन्टमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।